Search This Blog

Sunday, January 17, 2010

पत्र पत्रिकामा पनौतीको मकर मेला




नागरिक दैनिक
१२ वर्षे मकर मेला शुभारम्भ गर्न पनौती जाने क्रममा बनेपा पुगेका राष्ट्रपति रामवरण यादवलाई माओवादीले कालो झण्डा देखाएका छन्। उनलाई व्यक्तिगत गालीगलौजसमेत गरिएको थियो। उनको गाडी नै रोकेर गाडीमाथि कालो झण्डा फ्याँकेर उनीहरुले नारा लगाएका थिए। यो मेलाको मूल आयोजक समितिका संयोजक नै माओवादी सभासद अक्कलबहादुर थिङ छन् । र, उनैको निमन्त्रणामा राष्ट्रपति मेलाको शुभारम्भ गर्न त्यसतर्फ गएका थिए। पछि मेलाको शुभारम्भ गरिदिएकोमा थिङले नै यादवलाई छ्वालीबाट बनेको कलाकृति उपहारसमेत दिएका थिए।

काभ्रेलि.कम
मकर मेलालाई लक्षित गरी पनौतीको ठाडोबाटोदेखि नै पसल तथा होटल राख्नेको संख्या पनि धेरै देखिएको छ । केही दिनअघिसम्म खाली रहेका जग्गाहरु अहिले होटल र सशुल्क पार्किङले भरिएका छन् । मकर मेलामा नुहाउनका लागि रोशी खोलाको पानीलाई पुण्यमातामा ल्याएर दह बनाइएको छ । पुण्यमाताको फोहोर पानीलाई भने ढलबाट घाटभन्दा केही तल खसाल्ने व्यवस्था गरिएको छ ।
मकर मेलाको बिहानैदेखि काभ्रेबाट सञ्चालित एफएमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् भने मकरको समाचार संकलनका लागि काठमाडौ.बाटसमेत सञ्चारकर्मीको ठूलो टोली आएको छ । केही टेलिभिजनले मेलाको प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

त्यस्तै मेलालाई लक्षित गरेर स्वास्थ्य शिविर, खोजतलास शिविरसमेत सञ्चालन गरिएको छ । जावलाखेलस्थित अल्का अस्पतालले त्रिवेणीघाट नजिकै स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रेडक्रस लगायत अन्य केही संस्थाले पनि स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।



गोरखापत्र
माघे सङ्क्रान्तिमा सुरु भई एक महिनासम्म चल्ने मकर मेला लिच्छवीकालीन राजा मानदेवको पालादेखि प्रचलनमा आएको बताइन्छ । महाभारत शृङ्खलाअन्तर्गत प्रसिद्ध फूलचोकी लेकको पूर्वपश्चिम दुईतर्फ बग्ने नदी किनारका दुईस्थल पाञ्चाल-पनौती) र पाटनको गोदावरीमा बाह्रवर्षे मेला लाग्ने प्रचलन रहादै आएको पनौतीका इतिहास तथा संस्कृतिका अध्ययनकर्ता सूर्यप्रसाद लाकोजू बताउनुहुन्छ ।

kavrely.com
हरेक १२ वर्षा काभ्रेको पनौतीमा लाग्ने मकर मेलामा आउने दर्शनार्थीको संख्यामा बृद्धि आएको छ । १२ वर्षा पनौतीमा लाग्ने मकर मेलामा आई स्नान गरी स्थानिय देवी देवताको पुजाआजा गरेमा आफ्नो मनले चिताएको कुरा पुरा हुनुको साथै सम्पुर्ण पापबाट मुक्ति मिल्ने जनविश्वासका साथ पनौतीमा लाग्ने मकर मेलामा आउनेको संख्यामा बृद्वि भएको स्थानियबासीहरु बताउँछन् ।

अघिल्लो मकर मेलामा भन्दा यस वर्षो मकर मेलामा आउनेको संख्यामा बृद्वि भएको नगरबासीहरु बताउँछन् । माघे सक्रान्तिको दिनबाट माघ महिनाभर लाग्ने मकर मेलाको चौथो दिनसम्म आउँदा करिव २ लाख दर्शनार्थीहरुले मकर मेलाको अवालोकन गरेकोअनुमान गरिएको छ । यस वर्षो मकर मेलामा नुहाउन भन्दा पनि घुम्न आउनेको संख्या धेरै भएको स्थानियबासीहरु बताउँछन् । मकर मेलामा काभ्रेका विभिन्न स्थानका साथै काठमाडौ, भक्तपुर, ललितपुर जिल्लाका साथै विभिन्न स्थानबाट मकर मेलामा आउनेको संख्यामा बृद्वि आएको छ ।

मकर मेलाको अवसरलाई छोप्दै बाटाबाटामा विभिन्न खाजा घरहरु समेत स्थापना गरिएका छन् भने विभिन्न संघसंस्थाहरुले मकर मेलामा आउने दर्शनार्थीका लागि स्वागतद्धार राखेर बाटोलाई सुशोभित बनाएका छन् । मेला सुरु भएको केहि दिनमात्र भएपनि अहिलेको तुलनामा पछि विस्तारै मेला भर्नका लागि आउने दर्शनार्थीको संख्यामा बृद्धि हुने मेला मूल व्यवस्थापन समितिले अनुमान गरेको छ । मकर मेलामा मूल व्यवस्थापन समितिले १ करोड दर्शनार्थी भित्राउने लक्ष्य राखेको छ ।

No comments:

Post a Comment