Search This Blog

Monday, January 18, 2010

ग्रामीण क्षेत्रमा पर्यटकको आकर्षण

पनौती -काभ्रे, २०६६ कार्तिक १७ - सहरमा प्रदूषण फोहोरलगायतको समस्या बढ्दै गएकाले विदेशी पर्यटकहरू ग्रामीण भेगमा आकषिर्त हुन थालेका छन् ।

'सहरभन्दा गाउँ धेरै सुन्दर र सफा छ,' स्कटल्यान्डबाट हनिमुन मनाउन काभ्रेको बल्थली गाउँ आएका आदमले कान्तिपुरसँग भने, 'प्राकृतिक दृष्टिकोणले पनि गाउँ धेरै राम्रो छ ।' गाउँमा खेत र खेती गर्ने तरिकाले लोभ्याएको उनले सुनाए । 'गाउँलेको वेशभूषा पनि आकर्षक छ,' उनले

भने । दुई वर्षअघि नेपाल आएका उनका साथीले सहरभन्दा गाउँ राम्रो भएको बताएपछि उनी गाउँ हेर्ने अभिलाषाले विवाह गर्ने बित्तिकै नेपाल आएका हुन् ।सहरको भन्दा गाउँको परम्परागत रीतिरिवाज र धार्मिक सम्पदाहरूले मन छोएको उनले बताए । यहाँका त घर नै हेरुँ हेरुँ लाग्ने,' उनले भने । 'नेपाल भ्रमण आउने बित्तिकै गाउँ घुम्ने रहर लाग्यो' पनौती आइपुगेका अमेरिकी नागरिक स्ट्रोन डिभानले कान्तिपुरसँग भने, 'गाउँमा धार्मिक सम्पदा पनि मनग्गे रहेछन् ।' काभ्रेको नमोबुद्धले साह्रै लोभ्याएको उनले बताए । 'गाडी चढ्नुभन्दा हिँड्नुको मज्जा बेग्लै हुन्छ,' उनले भने, 'हिँडेर विभिन्न दृश्यहरूको अवलोकन गर्दा मनै हषिर्त हुन्छ ।'

गाउँको वातावरण निकै सफा र गाउँका मानिसहरू सहयोगी पाएको उनले बताए । बस्नको लागि होटलहरूको अभाव पर्यटकहरूलाई खटकिएको छ । ग्रामीण क्षेत्रमा पर्यटकहरूको आकर्षण बढेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेश सैँजुले बताए । उनका अनुसार पहिला दैनिक ५ जना आउने पनौतीमा अहिले २० भन्दा बढी पर्यटक भित्रिरहेका छन् । पनौती प्रवेश गरेपछि विभिन्न ग्रामीण क्षेत्रको अवलोकन गर्न रुचाउने गरेको उनी बताउँछन् ।

'पर्यटकहरूसँग कुरा गर्दा सहरभन्दा गाउँ नै मन परेको सुनाउँछन्,' सैंजूले भने । कतिपय पर्यटकले रात बिताउन होटलको अभाव महसुस गर्ने गरेका छन् । पर्यटकहरूलाई आकषिर्त गर्न पनौती पर्यटन केन्द्रले 'होम स्टे' लगायतको कार्यक्रम सञ्चालन गरिरहेको छ । 'होटलमा बस्नुभन्दा गाउँलेसँगै उनीहरूको घरमा बस्दा धेरै रमाइलो लायो,' नेदरल्यान्डबाट नेपाल भ्रमणमा आएका स्विनेस्काले कान्तिपुरसँग भने, 'उनीहरूसँग बस्दा आफूलाई त्यही परिवारको सदस्यजस्तो महसुस भयो ।' कान्तिपुर

No comments:

Post a Comment