Search This Blog

Tuesday, January 12, 2010

मकर मेलाको प्रमुख आकर्षण केन्द्रहरु

पनौतीको मकर मेला भर्न जाँदा हेर्ने र जान छुटाउन नहुने ठाउँहरु-
१) त्रिवणी घाट र यसका वरपरका मन्दिरहरु
यो मकरमेलाको प्रमुख त्रिथस्थल हो। जहाँ पवित्र स्थान गर्नकोलागि खोलामा सफा पानि भरि सकेको छ भने स्नान गर्ने भक्तजनहरुलाईको सुविधाको लागि लुगा फेर्न स्त्रि र पुरुषलाई छुटा छुटै ठाउँको ब्यबस्था त्रिवेणि घाट छेउ मै गरिएको छ भने सँगै आकस्मिक उपचारको लागि रेडक्रसकोले पनि ठाँउ व्यवस्था गरिएको छ।
२) गोरखनाथ डाँडा
यो पनि यो मेलामा आए पछि नगइ नहुने ठाउँ हो। त्रिवेणीघाटको पानी हातको अँजुलिमा राखेर माथि डाँडा सम्म पुर्याउन सक्यो भने चित्ताएको पुगिन्छ भन्ने जनविस्वास छ। गोरख डाँडाबाट पनौतीको दृश्यालोकन गर्नुको साथै यति तपाई पिकनिकरुपमा मेला भर्न जानु भएको छ भने यो ठाउँ उत्तम हो । यहाँको अर्को विशेषता बनेको खडेबाबा हो , उनि कहिले पनि बस्दैनन् र राती पनि उभिएर नै बस्ने गर्छ।
३) ईण्द्रे्श्वर महादेवको मन्दिर परिसर
यो मेलामा आए पछि छुट्याउनु नहुने र यो मेला सँग यो महादेव मन्दिरको किंवदन्ति पनि गाँसिएको छ , जहाँ तपाई महादेवको साथ साथै उन्मन्त भैरबका साथ साथै अन्य देवि देवताको पनि दर्शन गर्न सक्नु हुने छ।
४) पनौती बजार परिसर
मल्लकालिन वास्तुकलाले सजिएको यो बजार आफैमा अनुपम छ र तपाई यो अवसर नछुटाउनु होला

No comments:

Post a Comment