Search This Blog

Wednesday, January 27, 2010

नारी पत्रिकामा प्रका्सित पनौतीको मकर मेला लेख

सुमन ताम्राकार
काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पनौती काठमाडौंबाट ३२ किलोमिटर दक्षिण-पूर्वमा पर्छ । २०५३ माघदेखि पनौती नगरपालिकामा परिणत भएको हो । पनौती परम्परागत कला, संस्कृति, धार्मिक, ऐतिहासिक, व्यापारिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ हो ।

प.नौतीमा पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पद्मावती -पुण्यमाता) र लीलावती -रोशी) को सङ्गममा पूणिर्माका दिन बिहान सबेरै नुहाउनाले भयो भनी स्कन्दपुराणको हिमवत् खण्डमा उल्लेख छ । नेपाल माहात्म्यमा पुण्यमातालाई नीरमती र रोशीलाई रोषमती भनिएको देखिन्छ ।

परापूर्वकालमा सृष्टिकर्ता ब्रह्माले अहिल्या नाम गरेकी अति सुन्दरी स्त्री सृष्टि गरी गौतम ऋषिलाई नासोका रूपमा राख्न दिए । यो रहस्य ब्रह्माजी र ऋषिमा मात्र सीमित थियो भने अरूले अहिल्यालाई गौतम ऋषिकी धर्मपत्नी सम्भिmए पनि ऋषिले कुनै वास्ता गरेका थिएनन् । उनले अहिल्यालाई नासोका रूपमै सुरक्षित राखे ।

एकदिन स्वर्गका राजा देवराज इन्द्र सिकार गर्न जाँदा अहिल्यालाई देखी मोहित भए । गौतम ऋषि स्नान गर्न गएको मौका पारी गौतम ऋषिको भेष धारण गरी अहिल्यालाई छक्याई उनीसँग अनैतिक सम्बन्ध राखे । स्नानबाट फर्किएका गौतम ऋषिले सो कुरा थाहा पाई इन्द्रलाई शरीरमा हजारौं योनि उत्पन्न हुने श्राप दिए । आफ्ना पतिको यस्तो रूप देखेर

विह्वल भएकी इन्द्राणीले आफ्ना गुरु वृहस्पतिका सामु यो श्राप कसरी हटाउने भनी बिन्ती चढाउँदा ब्रह्माजीको आज्ञा लिएर तिमी र इन्द्रले कुञ्जपर्वत -हालको गोरखनाथ डाँडा) को फेदीमा लीलावती र पद्मावतीको सङ्गममा जहाँ सुकेको बाँस गाड्दा टुसाएर आउँछ त्यहाँ प्रत्येक ज्येष्ठ शुक्ल पूणिर्माका दिन स्नान गरी १२ वर्षसम्म महादेवको तपस्या गरे यो श्रापबाट मुक्त मिल्ने सल्लाह पाए ।

इन्द्र र इन्द्राणीले ब्रह्माजीको आज्ञा लिएर लीलावती र पद्मावतीको दोभानमा आई स्नान गरे । त्यहाँ इन्द्रले महादेव र इन्द्राणीले पार्वतीको तपस्या गरे । इन्द्राणीको तपस्याबाट प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा रुद्रावती नदीको रूप लिई पार्वती त्यहाँ गुप्तरूपले बग्न थालिन् । दिव्यचक्षुले इन्द्राणीले रुद्रावती नदी बगेको दे खिन् । पनौतीका बासिन्दाहरू प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्त रूपले सरस्वती मिसिन आएझैं यहाँ पनि पुण्यमाता र रोशीको सङ्गममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छिन् भन्ने विश्वास गर्छन् । त्यसैले पनौतीलाई उत्तर प्रयागको नामले पनि चिनिन्छ ।

पद्मावती नदीको उत्पत्ति पछि त्यहाँ नजिकै शिवलिङ्गको उत्पत्ति भयो । त्यही शिवलिङ्गबाट महादेव प्रकट भै इन्द्रलाई भने-'यहाँ इन्द्राणीले तपस्या गरी रुद्रावती नदीको उत्पत्ति भएकाले यो ठाउँको नाम शची तीर्थ रहन गएको हो । यो शची तीर्थमा नुहाएपछि निधारमा रहेको योनिबाहेक अरू सबै योनि तिम्रो शरीरबाट लुप्त हुनेछन् । यो शिवलिङ्ग नामले इन्द्रेश्वर भनी प्रसिद्ध हुनेछ र यसले मानिसहरूलाई इच्छानुसार फल दिनेछ । त्यसपछि महादेवले भनेअनुसार इन्द्रले इन्द्रेश्वर महादेवको बारम्बार परत्रिmमा गरी ज्येष्ठ शुक्ल पूणिर्माका दिन शची तीर्थमा नुहाए । यसरी इन्द्रको शरीरबाट श्राप चिन्हहरू हटे ।

त्यसैगरी धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वषर्ा नभई खडेरी परेकाले पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर फूलचोकी माईको दर्शन र पानी वरदान माग्न गए । खडेरीबाट मुक्त हुन सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दुवै देशका राजालाई फूलचोकी माईले सपनामा दिइन् । ललितकलाका धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढहरू हुनाले खुसी भए तर कालिगडहरूको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइ-भारदारहरूको सल्लाहअनुसार सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन् । कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नुपरेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर नदी सृष्टि गरी पनौतीतर्फ पठाइन्, जसलाई हिँजोआज रुद्रावती -रोशी) भनिन्छ ।

केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए । उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी माईले आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदी गोदावरीका नामले चिनिन्छ । त्यसो भएर पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा गोदावरीमा श्रावण महिनाभर िर पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर ि१२ वर्षे मेला लाग्छ ।

मकर मेलाको सुरुवात कहिलेदेखि भयो भन्ने कुरा यकिनका साथ भन्न नसकिए पनि राजा मानदेवको पालादेखि प्रत्येक १२ वर्षमा मकर मेलाको आयोजना हुन थालेको हो भन्ने भनाइ बूढापाकाहरूको छ ।

No comments:

Post a Comment