Search This Blog

Saturday, January 30, 2010

पनौतीको एक मात्र ग:हितिको फोटोहरु







एकलाख पुस्तक र चित्रकला प्रदर्शनिको फोटोहरु




त्रिवणि कुण्डमा पौडि खेल्दै

आज भक्तजनको भिड बदि छ

आज पुर्णिमा र शनिवार परेकोले बिशेष भिड देखिन्छ। नजिकमा पार्किन्ङग नपाएर छाला कारखानामा नै पार्किन्ङ गरेर हिँडेर आउनेको हुल पनि देखिन्छ भने पनौती बजार यति खेर मेला भर्न आउने भक्तजनहरुको भिडले भरि भराउ छ। चिया पसल र अन्य पसलहरुले पनि आज राम्ररी ब्यापार गरेको जानकारी आएको छ भने ३ बजि सक्दा पनि आउनेहरुको भिड नै देखिन्छ।

Thursday, January 28, 2010

भिडियो क्लिप मकर मेलाको

९गते शनिवारका थप मकर मेलाको फोटोहरु







ॐ सुर्याय् नम:







मकर मेलाको अवसरमा निकालिएको गीति एल्बम हाम्रो पनौती







पनौती शान्ति संग्राहलय











Wednesday, January 27, 2010

माधवनारायण व्रतालुहरुको पनौती आगमनको फोटोहरु


नारी पत्रिकामा प्रका्सित पनौतीको मकर मेला लेख

सुमन ताम्राकार
काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पनौती काठमाडौंबाट ३२ किलोमिटर दक्षिण-पूर्वमा पर्छ । २०५३ माघदेखि पनौती नगरपालिकामा परिणत भएको हो । पनौती परम्परागत कला, संस्कृति, धार्मिक, ऐतिहासिक, व्यापारिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ हो ।

प.नौतीमा पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पद्मावती -पुण्यमाता) र लीलावती -रोशी) को सङ्गममा पूणिर्माका दिन बिहान सबेरै नुहाउनाले भयो भनी स्कन्दपुराणको हिमवत् खण्डमा उल्लेख छ । नेपाल माहात्म्यमा पुण्यमातालाई नीरमती र रोशीलाई रोषमती भनिएको देखिन्छ ।

परापूर्वकालमा सृष्टिकर्ता ब्रह्माले अहिल्या नाम गरेकी अति सुन्दरी स्त्री सृष्टि गरी गौतम ऋषिलाई नासोका रूपमा राख्न दिए । यो रहस्य ब्रह्माजी र ऋषिमा मात्र सीमित थियो भने अरूले अहिल्यालाई गौतम ऋषिकी धर्मपत्नी सम्भिmए पनि ऋषिले कुनै वास्ता गरेका थिएनन् । उनले अहिल्यालाई नासोका रूपमै सुरक्षित राखे ।

एकदिन स्वर्गका राजा देवराज इन्द्र सिकार गर्न जाँदा अहिल्यालाई देखी मोहित भए । गौतम ऋषि स्नान गर्न गएको मौका पारी गौतम ऋषिको भेष धारण गरी अहिल्यालाई छक्याई उनीसँग अनैतिक सम्बन्ध राखे । स्नानबाट फर्किएका गौतम ऋषिले सो कुरा थाहा पाई इन्द्रलाई शरीरमा हजारौं योनि उत्पन्न हुने श्राप दिए । आफ्ना पतिको यस्तो रूप देखेर

विह्वल भएकी इन्द्राणीले आफ्ना गुरु वृहस्पतिका सामु यो श्राप कसरी हटाउने भनी बिन्ती चढाउँदा ब्रह्माजीको आज्ञा लिएर तिमी र इन्द्रले कुञ्जपर्वत -हालको गोरखनाथ डाँडा) को फेदीमा लीलावती र पद्मावतीको सङ्गममा जहाँ सुकेको बाँस गाड्दा टुसाएर आउँछ त्यहाँ प्रत्येक ज्येष्ठ शुक्ल पूणिर्माका दिन स्नान गरी १२ वर्षसम्म महादेवको तपस्या गरे यो श्रापबाट मुक्त मिल्ने सल्लाह पाए ।

इन्द्र र इन्द्राणीले ब्रह्माजीको आज्ञा लिएर लीलावती र पद्मावतीको दोभानमा आई स्नान गरे । त्यहाँ इन्द्रले महादेव र इन्द्राणीले पार्वतीको तपस्या गरे । इन्द्राणीको तपस्याबाट प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा रुद्रावती नदीको रूप लिई पार्वती त्यहाँ गुप्तरूपले बग्न थालिन् । दिव्यचक्षुले इन्द्राणीले रुद्रावती नदी बगेको दे खिन् । पनौतीका बासिन्दाहरू प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्त रूपले सरस्वती मिसिन आएझैं यहाँ पनि पुण्यमाता र रोशीको सङ्गममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छिन् भन्ने विश्वास गर्छन् । त्यसैले पनौतीलाई उत्तर प्रयागको नामले पनि चिनिन्छ ।

पद्मावती नदीको उत्पत्ति पछि त्यहाँ नजिकै शिवलिङ्गको उत्पत्ति भयो । त्यही शिवलिङ्गबाट महादेव प्रकट भै इन्द्रलाई भने-'यहाँ इन्द्राणीले तपस्या गरी रुद्रावती नदीको उत्पत्ति भएकाले यो ठाउँको नाम शची तीर्थ रहन गएको हो । यो शची तीर्थमा नुहाएपछि निधारमा रहेको योनिबाहेक अरू सबै योनि तिम्रो शरीरबाट लुप्त हुनेछन् । यो शिवलिङ्ग नामले इन्द्रेश्वर भनी प्रसिद्ध हुनेछ र यसले मानिसहरूलाई इच्छानुसार फल दिनेछ । त्यसपछि महादेवले भनेअनुसार इन्द्रले इन्द्रेश्वर महादेवको बारम्बार परत्रिmमा गरी ज्येष्ठ शुक्ल पूणिर्माका दिन शची तीर्थमा नुहाए । यसरी इन्द्रको शरीरबाट श्राप चिन्हहरू हटे ।

त्यसैगरी धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वषर्ा नभई खडेरी परेकाले पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर फूलचोकी माईको दर्शन र पानी वरदान माग्न गए । खडेरीबाट मुक्त हुन सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दुवै देशका राजालाई फूलचोकी माईले सपनामा दिइन् । ललितकलाका धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढहरू हुनाले खुसी भए तर कालिगडहरूको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइ-भारदारहरूको सल्लाहअनुसार सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन् । कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नुपरेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर नदी सृष्टि गरी पनौतीतर्फ पठाइन्, जसलाई हिँजोआज रुद्रावती -रोशी) भनिन्छ ।

केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए । उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी माईले आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदी गोदावरीका नामले चिनिन्छ । त्यसो भएर पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा गोदावरीमा श्रावण महिनाभर िर पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर ि१२ वर्षे मेला लाग्छ ।

मकर मेलाको सुरुवात कहिलेदेखि भयो भन्ने कुरा यकिनका साथ भन्न नसकिए पनि राजा मानदेवको पालादेखि प्रत्येक १२ वर्षमा मकर मेलाको आयोजना हुन थालेको हो भन्ने भनाइ बूढापाकाहरूको छ ।

Monday, January 25, 2010

९ गते शनिवारको केहि फोटोहरु


मेलाको खुसि

कुण्डमा खसेको मोबाई खोज्दै















दियो चढाउँदै कुण्डमा











ईन्द्रश्वर मन्दिर परिसर


राधाकृष्ण मन्दिरमा अन्य दिनहरु भन्दा भिड थियो

धेरै भक्तजनहरुले यो ठाउँ मै नरीवल फोर्ने गर्छ

यो दिन अन्य दिनहरुमा भन्दा स्नान गर्ने पुरुषको संख्या बदि थियो

भक्तजनले कुण्डमा पूजा गर्दा यस्तो देखिएको थियो

बद्रिनाथको मन्दिर




मकरमेलाको अवसरमा पनौती र मकर मेलाको जानकारी दिने किटाबहरु प्रकाशन भएको थियो र सजिलै किन्न सक्नु हुन्छ

मेलामा आएकाहरुले यसरी पातीमा बसेर खाँदै

साँगाको पाउँ पनि मिठो हुन्छ नि

स्थानिय उत्पादित उपहारहरु किन्दै


शनिवार बिहान देखि नै चहल पहल थियो

त्रिवणिघाट