Search This Blog

Wednesday, January 13, 2010

मकर मेलाको इतिहास

सृष्टिकर्ता ब्रम्हाले अहिल्या नाम गरेकी अति सुन्दरी गौतम ऋषिलाई नासोको रुपमा राख्न दिएकोमा र्स्वर्गका राजा इन्द्रले अहिल्यालाई छक्याई अनैतिक सम्वन्ध राखेको, ऋषिको श्रापबाट इन्द्रको शरीरभरि हजारौं योनी उत्पन्न भएको, इन्द्र र इन्द्रायणीले गुरु वृहस्पतिको सल्लाह बमोजिम लिलावती र पदमावतीको दोभानमा १२ वर्षसम्म महादेवको तपस्या गरेको किम्वदन्ती १२ वर्षो मकरमेलासँग सम्वन्धीत छ । गुरु बृहस्पतिको सल्लाहबमोजिम देवराज इन्द्र पनौती आई १२ वर्षम्म धर्ैयपर्ूवक तपस्या गरी बस्दा महादेव खुशी भई इन्द्रको रोग निको पार्न तयार भए ।

त्यसको लागि इन्द्रले दैनिक नुहाउने लिलावती -रोशी) र पदमावती -पुण्यमाता) खोलाको दोभान नजिकै उत्तरी दिशामा अवस्थित कुञ्जगिरी पर्वतभित्र रहेको अमृतरुपी जडिबुटी औषधी पगाल्न महादेव आफैं भित्र पसी नागराज बासुकीसमेतको सहयोगमा औषधीरुपी नदि बनि आफैं त्यसैमा समाहित भइ निस्केकाले त्यसको नाम रुद्रावती रहन गयो । यी तिन नदिको संगमस्थल त्रिवेणी नामले प्रख्यात भयो र इन्द्रको सम्पूर्ण श्रापहरु पनि नष्ट हुँदै गयो ।

त्यस समयदेखि प्रत्येक १२ वर्षको उपयुक्त योगमा औषधीरुपी रुद्रावती प्रकट हुने विश्वास छ । यही भएर हरेक १२ वर्षको मकर राशीमा -माघ महिनाभर) मेला लाग्ने चलन रहेको हो । उक्त शुभ लग्नको बेला पारी नुहाउन सक्यो भने जस्तोसुकै रोग पनि निको हुने जन विश्वासले मकर मेलाको महत्वलाई झनै बढाएको छ ।

अर्को कथनअनुसार उक्त रुद्रावती नदि निस्केको बेलामा त्रिवेणीको पानी झिकेर गिलासमा राखी तेल मिसाउँदा तेल पानीमुनि बस्छ । यदि त्यसो भयो भने रुद्रावती नदि बगेको रहेछ भन्ने बुझ्नर्ुपर्छ । औषधी नमिसिएको पानीमा तेल माथिनै तैरिन्छ ।

यस्ता धेरै महिमा बोकेको छ मकर मेलाले । मकर मेला पनौतीको ऐतिहासिक मेला हो । यस वर्ष लाग्ने मेलामा १ करोडभन्दा बढी भक्तजन आउने अपेक्षा पनौती नगरपालिकाको रहेको छ । अघिल्लो मकर मेला (२०५४) मा ३० लाख भन्दा बढी भक्तजनले मेला भरेका थिए ।

यसपटकको मकर मेलालाई विशेष बनाउन पनौती नगरपालिका सक्रिय भएर लागेको छ । मेलालाई व्यवस्थित बनाउन काभ्रे क्षेत्र नं. २ का सभासद् अक्कलबहादुर थिङको संयोजकत्वमा एक मुल समिति र अन्य कामका लागि २१ वटा उपसमिति बनाइएको छ । बजेट थोरै भए पनि आफूले सकेको काम समितिहरुले गरेका छन् ।

मकर मेलाका लागि नुहाउने व्यवस्था गर्न यसपटक पुण्यमाताको फोहोर पानीलाई ढलको माध्यमबाट पठाएर रोशीकै पानी ल्याउने वताइएको छ । पनौतीको त्रिवेणीघाटबाट १०० मिटरमाथिबाट रोशीको पानी पुण्यमातामा झारिने नगरपालिकाले जनाएको छ । मेलामा आउनका लागि पनौतीबासीले विभिन्न माध्यमबाट निमन्त्रणा पठाइरहेका छन् ।
मकर मेलामा त्रिवेणीघाटमा नुहाएपछि त्यहाँको पानी हत्केलामा राखेर गोरखनाथ डाँडामा रहेको गोरखनाथ मन्दिरमा पुर्‍याउने र तल आएर इन्द्रेश्वर मन्दिरको दर्शन गर्ने चलन रहेको छ ।(साभार:www.kavreli.com)

No comments:

Post a Comment