पनौती नगरपालिका, खोपासी मयलवोटमा रहेको लिच्छविकालीन( संवत:५२०) लिच्छवि लिपिमा लेखिएको यो शिलालेख नै हाल सम्म यहाँ पाइएका मध्यको पुरानो हो। सो शिलालेखको नेपाली अनुवाद पन्तिया अभिलेखमा प्रकाशित छ। सो अनुवाद यहाँ साभार गरिएको छ।
कल्याण होस्। मानगुह ( दरवार) अनगिन्ति गुणहरु भएका, लिच्छविकुललाई आनन्द दिने, गाथामा आराम रहेका, भट्टारक महाराज श्री शिवदेवबाट कुर्प्पासी गाउँ बस्ने मुखियालगायत गृहस्थीहरुलाई कुशलमङ्गल सोधेर आज्ञा भएको छ। आफ्ना गुणरुपी मणिका किरणको उज्यालोले अज्ञानरुपी अन्धकार हटाएका, भगवान् पशुपतिनाथको चरणकमललाई प्रमाण गर्न तत्पर रहेका हुनाले पछिका हित कल्याण गरेका, आफ्ना दुइ बाहुका बलले सारा शत्रुको जरो खनेका, यी श्रीमहासामन्त अंशुवर्माले हाम्रो हजुरमा बिन्ति चढाएर हाम्रो अनुमति लिई ( तिमीहरुको ग्राममा) सारा अधिकरण ( अड्डा अदालत)हरुले पस्न नपाउने गरी तिमीहरुलाई निगाह गरिएको छ। यो कुरा तिमीहरुलाई थाहा होस्। विचार पर्याउनु पर्ने मुद्दामामिलाहरु तिमीहरुको लागि एउटै मात्र द्वार ( ढोका- तलस्वामीहरुको ढोका) हुने छ।
द्वारोद् घाटन र कैलास-- यात्रामा तिमीहरुले जनैपिच्छे पचासवटा सेता जातका माटा (कमेरा) बुझाउनु। यो निगाह धेरै काल कायम रहोस् भन्नाका लागि यस निगाहको शिलापत्र गरि निगाह गरिदिइएको छ।
तसर्थ यस कुरालाई बुझेर हाम्रो निगाहबाट जीविका चलाउनेहरुले र अरु कसैले पनि यो निगाहलाई अन्यथा नगर्नु। जसले यो आज्ञालाई नटेरेर अन्यथा गर्ला वा गराउला, स्थिति बन्देज नाघ्ने त्यसलाई हामी बिलकुल सहने छैनौं। पछि राजाहरुले पनि धर्मलाई ठूलो संझी अघिका राजाले गरेको निगाहको ख्याल राखेर यस आज्ञाको राम्रो सँग पालना गर्नु पर्छ भन्ने अनुरोध छ।
यहाँ दूतक देशवर्मा गोमी। संवत् ५२० चैत्रकृष्ण पञ्चमी।
Saturday, February 20, 2010
पनौतीको इतिहास विषयका केहि कुरा
पनौतीको इतिहास छ, आख्यान छ र विभिन्न जिवित आफ्नै पहिचान बोकेको सँस्कृति पनि छ। पनौती घुम्दा देखिने साँस्कृतिक धरोहरहरु त्यसको प्रमाणहरु हुन। तथापि यसका प्रमाणित इतिहासहरु मेतिन्दै गई रहेको छ। पुस्तै पिछे कुरा फेरिन्दो छ। प्रमाणित इतिहास नभएको बारे प्रचलित र सबै जसो बुढापाकाले भन्ने भनाईहरु पनि छ। एउटा कथन अनुसार, पनौतीको बारेमा लेखिएका पुरा्त्तात्विक महत्वका विभिन्न पुस्तक, थ्यासफुहरु जानेर नजानेर श्री वत्स पोजुले खोलामा बागाई दियो। र अर्को भनाईमा २०२८साल जेष्ठ महिनाको ठुलो बादीले त्रिवेणि घाटको राम झोपडि बगाउँदा त्यहाँ भएको पनौतीको अभिलेखहरु, विभिन्न लिखोटहरुका साथै भजन गर्ने किताबहरु पनि बगायो। पोजुले खोलामा फालिएको र बगाएको भनिएका अभिलेखहरु वास्तब मै पनौतीको इतिहास थियो वा थिएन यकिनका साथ कसैले भन्न सकेका छैन, र यो अनुसन्धानको विषय पनि हो। कारण जे भए पनि प्रमाणित इतिहास नभएको तथ्य नै हो। कहि शिलालेखहरु खिइएर पढ्न नसकिने अवस्थामा पुगेको छ। कयन ताम्रपत्रहरु चोरि भएका छन, कति लगेको फर्काइएको छैन। यसरी पनि प्रमाणित अभिलेखहरु नष्ट हुने क्रम रोकिएको छैन।
Wednesday, February 17, 2010
Tuesday, February 16, 2010
Monday, February 15, 2010
Subscribe to:
Posts (Atom)