Search This Blog

Monday, February 8, 2010

पूर्वराजा ज्ञानेन्द्र पनौतीमा

काभ्रेको पनौतीमा लागेको मकर मेलाको दर्शन गर्नका लागि आजपूर्वराजा ज्ञानेन्द्र शाह पनौती आएका छन् । आज विहान ११ः२० मिनेटमा पूर्वराजा ज्ञानेन्द्र बा ४ च ३८०७ नम्बरको ल्याण्ड क्रुजर गाडिमा पनौती आएका थिए । मकर मेलामा आएका पूर्वराजा ज्ञानेन्द्रलाई उनका समर्थक तथा पनौती नगरपालिकाका कार्यकारी अधिकृत राजेश पन्थी र नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

नागरिकको हैसियतमा पनौती आएका पूर्वराजा ज्ञानेन्द्रलाई पनौतीमा नागरिकको हैसियतमा नभई राजाको रुपमा स्वागत गरिएको थियो । पनौती आएका पूर्वराजा ज्ञानेन्द्रले त्रिवेणीघाटमा गई शिरमा जल अर्पण गरेका थिए भने स्थानिय ब्रह्मायणी बद्रीनाथ केदारनाथ देवताको पुजाआजा गरेका थिए ।

देवीदेवताको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले माईती बृद्वाश्रम निर्माण र इन्द्रेश्वर बहुमुखी क्याम्पसले लगाएको महायज्ञमा भाग लिएका थिए । पूर्वराजा ज्ञानेन्द्रले दुवै महायज्ञलाई १÷१ लाख सहयोग गरेका थिए । माहायज्ञको भ्रमणपछि उनले इन्द्रेश्वर मन्दिर परिसरमा रहेको उन्मक्त भैरव इन्द्रेश्वर महादेव र तोला नारायणको दर्शन पछि उनी काठमाडौ फर्किएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र पनौती पुगेपछि उनका समर्थकहरुले हाम्रो राजाहाम्रो देश प्राण भन्दा प्यारो छ राजा आऊ देश बचाऊ लगायतका नारा लगाएका थिए ।

No comments:

Post a Comment