Search This Blog

Monday, February 8, 2010

मकरमेलामा नक्कली नाग

माघे संक्रान्तिदेखि पनौतीमा सुरु भएको मकर मेला अझै चलिरहेको छ । १२ वर्षमा एकपटक लाग्ने यस मेलाको धार्मिक महत्त्व बढ्दै गइरहेको छ । यसपालि विगतमा भन्दा धेरै श्रद्धालुले मेला भरेको कुराबाट यस्तै प्रमाणित हुन्छ । विश्वास अनुसार, मेलाका क्रममा पनौतीको शिवालयको शिवलिंगमा नाग देखिने गर्छ । किंवदन्तीमा सीमित त्यो विश्वास यसपालि भने सत्य सावित भयो अर्थात् मेला सुरु भएकै साता शिवलिंगमा 'नाग' देखियो । नागको दर्शन गर्न श्रद्धालुहरूको घुइचो नै लाग्यो, मकरमेलाको महत्त्व झन् बढ्यो । त्यो नाग शिवलिंगमा झन्डै आधा दिन बसेको हल्ला चलेपछि मेला भर्नेहरूको भीड झन् बढ्न थाल्यो ।

किंवदन्ती साक्षात् भएको केही घन्टा नबित्दै देखिएको 'नाग' नाग नभई सामान्य सर्प हो भन्ने हल्ला चल्यो । त्यसको केही समयपछि गाइँगुइँ चल्यो, कि कुनै सपेरासँग मागेर ल्याएको सर्प हो त्यो । यो गाइँगुइँलाई भने चर्किन दिइएन । बनेपाबाट प्रकाशित हुने पत्रिकाहरूले केही लेखे पनि त्यसतर्फ धेरैको ध्यान गएन ।

गाइँगुइँ गलत नभएको मेला सञ्चालन समितिसँग आबद्ध एक स्रोतको कथन छ । समितिका तीन जना पदाधिकारीहरूले वीषदन्त निकालिएको सर्प लगेर शिवालयमा राखिदिएका रहेछन् । मेलामा श्रद्धालुहरूको भीड बढाउन र सर्पलाई पाइने भेटीको लोभमा उनीहरूले त्यसो गरेको स्रोतको भनाइ छ । धार्मिक विश्वासको फाइदा लिन नक्कली काम गर्ने तिनीहरू मेलामा खासै देखा परेका छैनन् ।

No comments:

Post a Comment